News

सगरमाथाको ढुंगा मुनसहित ५ देशका प्रमुखलाई

सगरमाथाको ढुंगा मुनसहित ५ देशका प्रमुखलाई

Mount Everest

काठमाडौं जेठ २७ । बढ्दो जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउन सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएका ढुंगा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनसहित पांच शक्तिशाली देशका राष्ट्रप्रमुखलाई पठाइएको छ । पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले सगरमाथाबाट ल्याएका ढुंगा अमेरिका, बेलायत, फ्रान्स, चीन र रसियाका राष्ट्रप्रमुखलाई दूतावासमार्फत पठाइन लागिएको हो ।

शेर्पाले मे १० मा ’हामी फेरि उठ्नेछौं’ अभियानसहित आरोहण गरेर सगरमाथाबाट ती ढुंगा ल्याएका थिए । मंगलबार राजधानीमा हामी फेरि उठ्नेछौं फाउन्डेसनले आयोजना गरेको कार्यक्रमबीच नेपालस्थित संयुक्त राष्ट्रसंघ र सम्बन्धित देशका दूतावास प्रतिनिधिलाई नेपाल सरकारका तर्फबाट युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ढुंगा हस्तान्तरण गरिएको थियो ।

राष्ट्रसंघका नेपालस्थित प्रतिनिधिको कार्यालय र सम्बन्धित देशका दूतावासमार्फत ढुंगा पुर्याउने व्यवस्था मिलाइएको छ । जलवायु परिवर्तनबारे ध्यानाकर्षण गर्न यसअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सगरमाथाको कालापत्थरमा मन्त्रिपरिषद बैठकसमेत गरेका थिए । त्यसबेला पनि जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको सन्देश दिन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई ढुंगा उपहार दिइएको थियो ।

Banki Moon Barak Obama Sagarmatha

विशेष