विदेश

बेलायतमा खुल्ने भयो नाङ्गो रेष्टुरेष्ट

बेलायतमा खुल्ने भयो नाङ्गो रेष्टुरेष्ट

Nude जेठ २७ । बेलायतमा द बुनियादी भन्ने नाङ्गो रेष्टुरेन्ट खुल्ने भएको छ । उक्त रेष्टरेन्टका मालिक सेव ल्यालका अनुसार खुल्नु भन्दा पहिले नै ४० हजार भन्दा बढि ग्राहकहरुले रेष्टुरेष्टको बुकिङ गरेका छन् । यो रेष्टुरेन्ट खुल्ने थाहापाएपछि मानिसहरुमा यसप्रति निकै कौतुहल जागेको र यसमा जानका लागि इच्छुक भएको उक्त रेष्टुरेष्टका मालिकको दाबी छ । उक्त रेष्टुरेष्टमा जाने ग्राहकहरुले आफ्नो सबै कपडा उतारेर मात्र भित्र जान पाउने छन् ।

रेष्टुराको भित्र एकले अर्कोलाई देख्न नसकुन भनेर मधुराे लाइटको व्यवस्था मिलाइएको छ । यसमा काम गर्ने वेटरहरुले पनि नाङ्गै ग्राहकहरुलाई सेवा गर्ने छन् तर त्यसमा उनिहरुले आफ्नो गोप्य अंग भने छोप्ने बताइएको छ । यस बसेर खानका लागि ग्राहकहरुले नेपाली दश हजार जति खर्च गर्नु पर्ने छ । यसको आधिकारिक उद्घाटन भने आगामी शनिबारबाट हुने छ । यहां जाने ग्राहकहरुलाई मोबाइल फोनमा समेत प्रतिबन्ध लगाइने छ ।

Nude Restrant Resturant

विशेष