दश माओवादी कार्यकर्ता गिरफ्तार
जेठ – २७, बन्दा आह्वान गरेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका १० कार्यकर्तालाई बनेपा प्रहरीले गिरफ्तार गरेको छ ।
बन्द गराउन हिँडेका चन्द नेतृत्वको वुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँल सहित १० जनालाई बनेपाको चारदोबाटोबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।
अन्य पक्राउ पर्नेमा सुन्तली लामा, लाल बहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आस्मान तामाङ, राकेश तामाङ, विक्रम तामाङ र बुद तामाङ रहेका छन । उनीहरु अधिकांश जिल्ला तथा नगर स्तरका कार्यकर्ता हुन् ।
प्रहरीले बुधवार बेलुका मसाल जुलुल निकाल्ने तयारी गरिरहेको अवस्थामा पनि पनौतीका अनिल रायमाझीलाई गिरफ्तार गरेको थियो । बन्दका कारण सवारी साधन सञ्चालनमा नआएपनि फाटफूट रुपमा केही पसल खुलेका छन । चन्द नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो ।
Boplap Maobadi