अर्थ News

कर नबुझाउने ३५ करदातालाइ कारबाही

कर नबुझाउने ३५ करदातालाइ कारबाही
जेठ–२७, आन्तरिक राजस्व कार्यालयले आव २०७२÷७३ मा ३५ जना करदातालाई कारबाही गरेको छ । tax दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका मूल्य अभिवृद्धि करतर्फका २८, आयकरतर्फका सात जनालाई कारबाही गरेको आन्तरिक राजस्व कार्यालयका प्रमुख सन्तबहादुर ढकालले जानकारी दिए । कर नतिर्ने मूल्य अभिवृद्धि करतर्फका २८ जना करदाताको बैंक खाता रोक्का गरिएको छ भने आयकरतर्फका सात जना करदाताको जग्गा रोक्का गरिएको छ । यस्तै चालु आवमा राजस्व सङ्कलनमा ह्रास आएको छ । सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय लहानले आव २०७२÷७३ मा रु एक अर्ब १२ करोड २९ लाख छ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा अहिलेसम्म रु ७४ करोड ६० लाख ४५ हजार मात्र राजस्व सङ्कलन गरेको छ । चालु आव २०७२÷७३ मा अन्तःशुल्कतर्फ रु ३८ करोड ४२ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म रु १८ करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

TAX in nepal

विशेष