News समाज

उच्च पदस्थ कर्मचारीलाई प्रहरीको गाडीमा कार्यालय र घरसम्म

उच्च पदस्थ कर्मचारीलाई प्रहरीको गाडीमा कार्यालय र घरसम्म
जेठ – २७, बन्दका कारण सरकारका विभिन्न मन्त्रालयका सचिवले भने शक्तिको दुरुपयोग गरेर प्रहरीलाई बन्दको बहानामा घरका गेटमा गाडी मागएर कार्यालय पुगेको खुलेको छ । nepal police bus सरकारले सचिवलाई गाडी सुविधा दिएपनि उनीहरुले घरमै थन्काएर प्रहरीकै गाडीमा चढेर मुख्य सचिवको सार्कस्तरीय भेलामा सहभागी हुन दरबारमार्ग स्थित याक एण्ड यती होटलमा पुगेका हुन् । अख्तियारका आयुक्तदेखि संसद सचिवालयका महासचिवसम्म प्रहरीकै स्कटिङमा कार्यालय पुगेका थिए । स्रोतका अनुसार शिक्षा सचिव विश्व प्रकाश पण्डित, संघीय मामिला तथा स्थानीय मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेक प्रसाद ढुंगाना घरमै प्रहरीको गाडी बोलाएर होटलमा पुगे । त्यसैगरी, परराष्ट्र सचिव शंकरदास वैरागी बिहान साढे सात बजे वनस्थलीदेखि प्रहरीकै गाडीमा सिंहदरबार पुगेका थिए । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव यादव कोइराला समेत कपनबाट प्रहरीकै गाडीमा बिहान पौने नौ बजे सिंहदरबार पुगेका थिए । संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराई चुनदेवीदेखि सिंहदरबार, सम्पत्ति सुद्धिकरणका महानिर्देशक किशोरजंग कार्की धुम्बाराहीदेखि पुल्चोकसम्म प्रहरीकै स्कर्टमा कार्यालय पुगेका थिए । अख्तियार आयुक्त नविन घिमिरे, सचिव शान्तराज सुवेदी लगायत उच्चपदस्थ कर्मचारी प्रहरीकै स्कटिङमा कार्यालय पुगेका थिए । महाशाखाले बिहीबार मात्रै बिहान साढे सातदेखि अपरान्हसम्म ४० जना उच्च पदस्थलाई स्कटिङ गर्नुपरेको थियो । जसमध्ये अधिकांशलाई प्रहरीकै गाडीमा हालेर घरदेखि कार्यालयसम्म पुर्याइएको छ ।

Nepal Police

विशेष