अमेरिकी संसदमा नेपालबारे मोदीको अनौठो बोली
जेठ-२७, कात्तिकमा बेलायतको भ्रमण गर्दा भारतका प्रधानमन्त्री मोदीले नेपाललाई पनि निशाना बनाएका थिए । भारतका प्रधानमन्त्री मोदी र बेलायती समकक्षी क्यामरुनको संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई समाबेशी र दीगो बनाउन पहल गर्ने बुंदा उल्लेख गरिएको थियो । चैत्रमा इयु भारतको १३ औं शिखर सम्मेलनको घोषणामा पनि त्यस्तै बुंदा उल्लेख थियो ।
[embed][/embed]
(४२:५० मिनेटमा नरेन्द्र माेदीले नेपालकाे बारेमा बाेलेका छन् )
अमेरिकामा भ्रमणमा पनि मोदीले त्यस्तै बुंदा छिराउलान र नेपाललाई अर्को दबाब देलान् भन्ने डर नेपालीमा थियो । तर, यसपालीको संयुक्त वक्तव्यमा नेपालको प्रंसग आएन । अमेरिकाको संसदमा मन्तव्य राखेका मोदीले अफगानस्थानलाई बढी महत्व दिए । तालीको बर्षा भएको उनको भाषणमा नेपाल खाशै परेन ।
पचास मिनेट लामो भाषणको ४३ औं मिनेटमा नेपालमा भुकम्प जादा भारत पहिलो सहयोगी भएको भन्ने उल्लेख गरे । नेपालप्रतिको मोदीको कुटनीतिक अश्त्र अमेरिकासम्म पुग्दा शान्त भएको देखिएको छ ।
यसअघि नेपालस्थित अमेरिकी राजदुतले नेपाललाई अमेरिकाले आफ्नै आंखाले हेर्ने अभिव्यक्ति दिएकी थिइन् । अहिलेको परिश्थितिमा हेर्दा अमेरिकाले नेपाललाई भारतको आंखाले नभइ आफ्नै आंखाले हेरेको देखिएको छ ।
narendar modi meeting of US congress