मन्त्री पासवानको स्वास्थ्यमा सुधार
जेठ-२७ जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानको स्वास्थ्यमा सुधार आएको छ । पेंक्रियाज सुन्निएर त्रिवि शिक्षण अस्पतालको आईसियूकक्षमा भर्ना भएका थिए ।
उनको उपचारमा संलग्न अस्पतालको सर्जरी विभाग प्रमुख प्रा.डा.वाईपी सिंहले उनको स्वास्थ्यमा उल्लेख्य सुधार अाएको बताएका छन् । आईसियूबाट सुविधायुक्त क्याबिन बेडमा सार्ने तयारी गरिरहेकाे छ । तर पासवानकाे अहिलेसम्म ज्वरो भने कायमै छ, त्यसलार्इ निगरानीमा राखेकाे सिंहले बिहीवार सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदनमा बताइएकाे छ ।
एकाएक पेंक्रियाज सुन्निएर पाचन प्रणाली शून्य भएपछि गत २० जेठमा उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका लागि सिंहको नेतृत्वमा तीन सदस्यीय चिकित्सकको टोली खटिएको उनका स्वकीय सचिव रोशन पासवानले बताए ।
स्वास्थ्यमा सुधार आउन समय लागेकाले उनलाई भारतस्थित् मेदान्त अस्पताल लैजाने तयारी भएको थियो । उताबाट एअर एम्बुलेन्स नआएका कारण त्यो रोकिएको थियो ।
bisbendra paswan