पूर्वराजा ज्ञानेन्द्र शाह, कमल थापा विरुद्ध युद्ध अपराधको उजुरी
काठमाडौं, जेठ २८ रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । पीडित १५ परिवारले बिहीवार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् ।
सम्बन्धित जिल्लाबाट वा अन्य कुनै माध्यमबाट भएपनि आयोगमा उजुरी गर्न सकिने व्यवस्था भएपनि पीडितहरु स्वयं आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गरेका हुन् ।
पीडितहरुले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन प्रधानमन्त्री सूर्यवहादुर थापाका साथै कमल थापा, अनन्तराज शर्मा पाण्डे, प्यारजंग थापा, श्यामभक्त थापा । चूडामणि बस्याल, रामप्रसाद श्रेष्ठ र राममणि पोखरेललगायत विरुद्ध जाहेरी दिएका हुन् । राजधानी दैनिक
Gyandra