तेक्वान्दो महासंघका उपाध्यक्षको ठगी धन्दा

काठमाडौं, जेठ २८ । नक्कली कार्ड बनाई बिभिन्न देशमा खेलाडी पठाउने अन्तरराष्ट्रिय तेक्वान्दो महासंघको उपाध्यक्ष चेतन राज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । टेक प्रसाद लामगाडे र दिपक सुनारलाई ईन्टरनेशनल तेक्वान्दो फेडरेशनका नक्कली कार्ड बनाई कोरीया पठाईदिने भनि उनिहरुबाट क्रमश १ लाख र २ लाख ६० हजार लिएको जाहेरीका आधारमा गीरीलाई महानगरीय अपराध महाशाखाले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । उनले यस अघि पनि नक्कली कार्ड बनाई झापाका राजेन्द्र दवाडीबाट ७ लाख ५० हजार लिएको खुलेको प्रहीको भनाइ छ ।