News

अवैधरुपमा डेण्टल क्लिनिक संचालन गर्ने पक्राउ

अवैधरुपमा डेण्टल क्लिनिक संचालन गर्ने पक्राउ

जेठ २८ । भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरी सार्वजनिक गरेको हो । दाँतसम्बन्धी कुनै पनि कोर्स नगरी डेन्टल हाइजिनिस्ट डिएच भन्दै स्थानीय मानिसको स्वास्थ्यमा लापरबाहीपूर्वक ठगी गरिरहेको सूचनाका आधारमा सन्तोषलाई गत सोमबार पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । निज सन्तोषकुमार रोहितालाई ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Dental

विशेष