बालुवा खानीमा पुरिएर ३ जनाको मृत्यु

जेठ २८ । नुवाकोटमा बालुवा खानीको ढिस्को खसेर पुरिदा तीन जनाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर चालक दाङसिङ–४ चिलाउनेका गंगासिङ भनिने ३५ वर्षिय विकास तामाङ, सहचालक २३ वर्षिय प्रकाश तामाङ र खड्गभन्ज्याङ ९ मैरिटारका २२ वर्षिय शंकर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको छ ।
Death Nepali