Technology News

आफैं तुना कसिने जुत्ता

आफैं तुना कसिने जुत्ता

Self विश्वविख्यात जुत्ता उत्पादक नाइकले आफैं तुना कसिने स्मार्ट जुत्ता सार्वजनिक गरेको छ । यो जुत्तामा त्यस्तो बटन राखिएको जसलाई थिचेपछि आफ्नो खुट्टाको साइजलाई फिट हुनेगरी आफै तुना कसिन्छ । यो जुत्तालाई ‘हाइपर एडप्ट–१.० नाम दिइएको छ । नाइकको यो नयाँ जुत्तामा खुट्टा हाल्नासाथ तलुवामा रहेको सेन्सरले जानकारी पाउँछ र तुना कसिन थाल्छ । यदि तुना खुकुलो वा टाइट बनाउनु छ भने दायाँ–बायाँ राखिएका दुईवटा बटनको सहयोग लिन सकिन्छ । यसको औपचारिक बिक्री चाँडै प्रारम्भ हुने बताइन्छ ।

Shoes

विशेष