News स्वास्थ्य

महिनावारी हुंदा किन हुन्छ महिलालाई पीडा

महिनावारी हुंदा किन हुन्छ महिलालाई पीडा

Minsuration महिनावारीको समयमा पीडा धेरैजसो महिलाहरुको समस्या हो यो । प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ । प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका लक्षणहरु :– डण्डीफोर आउनु, सुन्निने, थकान, ढाड दुख्ने, स्तन दुख्ने, टाउको दुख्ने, कब्जियत, झाडापखाला, खाना नरुच्ने, डिप्रेसन, चिडचिडाहट, ध्यान केन्द्रित गर्न गार्हो हुने, तनाव हुने र अनिद्रा हुनेजस्ता समस्या हुन्छ । प्रायजसो युवतीहरुमा महिनावारीको चक्र आउनुभन्दा १ देखि २ हप्ताअघि देखि नै पिएमएसका संकेतहरु देखिन थाल्छन् ।

किन हुन्छ पिएमएस ?

महिनावारीको चक्र अगाडिदेखि नै विभिन्न समस्या देखिने खास कारण डाक्टरहरुले पनि भन्न सकेका छैनन् । तर, प्रायको के विश्वास छ भने हर्मोनमा आएको गडबडीका कारण यसो भएको हो । महिनावारीपछि महिलामा हुने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन शरीरमा वृद्धि हुन्छ । तर, महिनावारी सुरु हुने एक साताअघि यी हर्मोन घट्न थाल्छन् । यहीकारण पिएमएसका लक्षण सुरु हुन्छन् ।

के खानुहुन्छ, के खानुहुँदैंन ?

यसबाट उत्पन्न हुने समस्याबाट आराम पाउन सन्तुलित भोजन खानुपर्छ, ताजा फलफूल तथा तरकारीमा जोड दिनुपर्छ । चिप्स तथा क्र्याकरजस्ता तयारी खाद्यपदार्थबाट टाढै बस्नुपर्छ । यसका साथै खानामा नुनको मात्रा कम गर्ने र पानी बढी खानुपर्छ । चिया, कफि बढी खानुहुन्न भने निद्रा पु¥याउँने गरी सुत्नुपर्छ । यथेष्ठ मात्रामा क्याल्सियम पाइने पदार्थ दैनिक रुपमा खानुपर्छ ।

किन पेट दुख्ने समस्या हुन्छ ?

महिनावारीको केही दिनअघि युवतीहरुमा पेट बाउँडिनेसमस्या देखिन्छ । शरीरले उत्पादन गर्ने प्रोष्टाग्लाडिन्ज नामक रसायन उत्पादन गर्दा यस्तो हुन्छ, जसले पाठेघरको मांशपेसीलाई संकुचित बनाउँछ । यस्ता समस्या केही दिनमै हराउँछ । यस्तै, शारीरिक अभ्यासले पनि आराम मिल्छ । शारीरिक अभ्यासका क्रममा शरीरमा इन्डोर्फिन नामक रसायन उत्पादन हुन्छ, जसले शरीरलाई आराम दिन्छ । तातो पानीले सेक्दा पनि आराम हुन्छ ।

Mensuration

विशेष