पेरुमा नयाँ राष्ट्रपति
जेठ २८ । पेरुमा पेड्रो प्याब्लो कुचिन्स्की रष्ट्रपतिमा विजयी भएका छन् । उनले कुल मतको ५०.१२ प्रतिशत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी केइको फुजिमोरीले ४९.८८ प्रतिशत मत प्राप्त गरेकी छन् । विजेताको आधिकारिक घोषणा हुनुअघि चुनाव हेर्न गठित अदालतले विवादमा परेका ५० हजार मतपत्रको टुंगो लगाउनुपर्नेछ । फुजिमोरीले अझै हार स्वीकार गरिसकेकी छैनन् । केइकी पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन् । अल्बर्टौ अहिले मानवता विरोधी अपराधमा जेलमा छन्
Peru Presdent