News

आइएमर्इबाट ३२ लाख चोरी

आइएमर्इबाट ३२ लाख चोरी
जेठ - २८, धनुषाको क्षिरेश्वर नगरपालिकामा रहेको एउटा आइएमर्इबाट बिहीबार राति ३२ लाख रुपैयाँभन्दा बढी चोरी भएको छ । imeइलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको अगाडी रहेको आशिष ट्रेडर्स आइएमर्इबाट ३२ लाख रुपैयाँभन्दा बढी चोरी भएको सञ्चालक राजेश साहले बताएका छन् । शुक्रबार बिहान १० बजे आइएमर्इ खोल्न जाँदा भित्र भएको सबै पैसा चोरी भएको थाहा पाएको उनले बताए । तल्चा खोलेर चोरी भएको र चोरी घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरीले बताए । एउटै भवनमा माथि राष्ट्रिय बाणिज्य बैंक सञ्चालनम छ भने तल चोरी भएको आइएमर्इ सञ्चालनमा छ ।

Dhanush IME

विशेष