News

शिक्षक दिलमान तामाङको शैक्षिक योग्यतको प्रमाणपत्र नक्कली

शिक्षक दिलमान तामाङको शैक्षिक योग्यतको प्रमाणपत्र नक्कली
नवाकोट, साल्मेका शिक्षक दिलमान तामाङको हाईस्कुल तह उत्तिण गरेको शैक्षिक योग्यतको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ । teacher-651318_1280 जिल्ला शिक्षा कार्यालय, नुवाकोट अन्तर्गत साल्मे माध्यमिक बिद्यालय, साल्मेका शिक्षक तामाङले शुरु नियुक्ती प्रयोजनको लागि पेश गरेको बिहार बिद्यालय परिक्षा समिती पट्ना अन्तर्गत M.C.HIGH SCHOOL, KADIRABAD DARBANGA, प्रमाणपत्र नक्कली भेटिएकाे हाे । उनले भारतबाट सन् १९८८ मा हाईस्कुल तह उत्तिर्ण गरेकाे शैक्षिक योग्यताको प्रमाणपत्र लिएका थिए । अनुसन्धानबाट नक्कली देखिन आएकोले निज शिक्षक दिलमान तामाङ उपर साविक भ्रष्टाचार निवारण ऐन अन्तरगत २०१७ को दफा १२ र २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ (१) बमोजिम विशेष अदालत काठमाण्डौंमा उजुरी दायर गरिएको छ ।

Teacher

विशेष