News

केपी ओलीले फाल्तु कुरा गरेर मान्छेलाई बेकुफ बनाइरहेका छन -देउवा

केपी ओलीले फाल्तु कुरा गरेर मान्छेलाई बेकुफ बनाइरहेका छन  -देउवा
काठमाडाैँ २८ जेठ  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अनाबश्यकका फाल्तु गफ गरेर मान्छेलाई बेकुफ बनाइरहेको बताएका छन । काठमाडौँमा आयोजीत नेपाल नागरीक सामाजको तेस्रो महाधीबेशनमा बोल्दै सभापति देउवाले शो कुरा बताएका हुन । [caption id="attachment_4033" align="alignleft" width="400"]Sher Bahadur Deuba Sher Bahadur Deuba[/caption] उनले अहिलेको सरकार नै संबिधान कार्यन्ययनमा नलागेको आरोप लगाए । उनले भने यो सरकारले टाइमपास गरीरहेको छ । अब यसको बिकल्प नेपाल काँग्रेसले खोज्छ । संविधान कार्यानवयन नभए मुलुक ठूलो पडयन्त्रमा पर्ने खतरा रहेको समेत बताएका छन् । देउवाले वर्तमान सरकार संविधान कार्यान्वयनप्रति गम्भीर नहुँदा मुलुक षडयन्त्रमा पर्ने खतरा बढेको भन्दै सचेत हुन आग्रह गरे । उनले भने, ‘संविधान कार्यान्वयनमा सरकार सचेत नभए मुलुक ठूलो षडयन्त्रको खतरामा छ । यो विषयमा वर्तमान सरकार सचेत हुनुपर्छ ।उनले संविधान कार्यान्वयनका लागि विसं २०७४ मङ्सिरसम्म स्थानीय, प्रादेशिक र संघीय तीन तहका निर्वाचन हुनु अपरिहार्य रहेको तर्क गर्दै देउवाले याे सरकारले तयारी नगरेको प्रति आपत्ति व्यक्त गरे । उनले संविधान कार्यान्वयनका लागि सरकार बाहिर बसेर पनि सहमतिको वातावरण बनाउन सहयोग गर्न सकिने उल्लेख गरे । नागरिकलाई देशको मालिक बनाउन सुशासन, आत्मविश्वास, स्वाभिमान र सम्मान आवश्यक पर्ने बताउँदै देउवाले भने, शासनमा रहेका व्यक्ति सधैँ राम्रो शासन चलाउँछन् र जनताप्रति इमान्दार हुन्छन् भन्ने छैन ।

विशेष