News

सेनापति महारथी क्षत्री र सूचना आयोगका प्रमुख बाँस्कोटाबीच भेट

सेनापति महारथी क्षत्री र सूचना आयोगका प्रमुख बाँस्कोटाबीच भेट
जेठ-२८, गते प्रधान सेनापति महारथी राजेन्द्र क्षत्री राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त  कृष्णहरि बाँस्कोटाबीच  सूचनाको हक सम्बन्धी छलफल कार्यक्रम जंगी अड्डामा सम्पन्न भएको छ । Rajendra chheti and krishnahari Baskota उक्त कार्यक्रममा प्रधान सेनापति महारथी क्षत्रीले आफनो मन्तव्य राख्दै सार्वजनिक सरोकारका संस्थाहरुको काम कारबाहीलाई पारदर्शी, खुल्ला, नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन बताए।  जारी भएको सूचनाको हक सम्बन्धि ऐन २०६४ का विषयमा नेपाली सेना पूर्णरुपमा सू-सूचित रहेको जानकारी दिए।  संवैधानिक रुपमै ब्यवस्था भएको सूचनाको हकसम्बन्धि नागरिकहरुको अधिकारको उच्च सम्मानप्रति नेपाली सेनाको पूर्ण प्रतिबद्धता रहेको समेत स्पष्ट पारे । उक्त कार्यक्रममा रक्षा सचिव श्री महेशप्रसाद दाहाल, नेपाली सेनाका रथीबृन्द तथा रक्षा मन्त्रालय र राष्ट्रिय सूचना आयोगका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

Nepal Army

विशेष