छ भारतीय र एक नेपाली पेस्तोल र गोलीसहित सातजना पक्राउ
जेठ - २८, महोत्तरीको पोखरभिन्डा गाविसबाट सशस्त्र प्रहरीले आज साँझ पेस्तोल र गोलीसहित सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छजना भारतीय र एकजना नेपाली रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले जानकारी दिए। पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्लाअन्तर्गत महुवाका राजकुमार राम, भतौलियाका हीराकुमार महतो, सिर्सियाका रामबली कुमार, दिनेशकुमार महतो, रञ्जितकुमार सुडी, अजितकुमार महतो र नेपालतर्फका महोत्तरी गौशाला नगरपालिका–१ का अमनकुमार साह छन् ।
उनीहरुलाई पोखरभिन्डा बजारबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट एकथान पेस्तोल, गोली तीन राउन्ड र एकथान म्याग्जिन बरामद गरेको छ । रासस
pakraw