जवरजस्ती धर्म परिवर्तन गराउन खोज्ने प्रधानाध्यापक सहित ७ पक्राउ

जेठ - २८, स्कुले बालबालिकालाई जवरजस्ती धर्म परिवर्तन गराउन खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले दुई बिद्यालयका प्रधानाध्यापक सहित ७ जना विरुद्ध मुद्दा चलाएको छ । जवरजस्ती धर्म परिवर्तन गराएमा ६ वर्ष र गराउन खोजेमा ३ वर्ष कैद सजायको व्यवस्था छ ।
चरिकोटस्थित मोर्डन नेपालका प्रिन्सिपल विमल साही माउन्ट भ्याली बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक प्रकाश प्रधान लगायत विरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।
यस्तै ललितपुरस्थित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध काठमाडौं – १८ की बनिता डंगोल, मकवानपुर राइगाउँका बालकृष्ण राई, गोर्खा मिरकोटका फिलिप तामाङ, दोलखा मिर्गेका किरण दाहाल र रामेछापका भीमबहादुर तामाङलाई पनि विपक्षी बनाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अदालतमा दायर गरेको आरोपपत्रमा उनीहरुले विद्यालयका वालवालिकालाई क्रिस्चियन धर्म सम्वन्धी प्रचारप्रसार गर्ने गरेको र घरमा गएर अभिभावकलाई पनि क्रिस्चियन धर्म सम्वन्धी जानकारी गराउन लगाएको उल्लेख छ ।
Dharma parwartan
pakraw
