अमेरिकी दूतावासको कर्मचारी हुँ भनी ठगी गर्ने पक्राउ

जेठ-२८, अमेरिकी दूतावासको कर्मचारी हुँ भनी ठगी गर्ने ललितपुर ठेचो गाविस–९ का सिद्धार्थ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले रुपन्देही घर भएका प्रकाश कार्कीलगायत छजना विद्यार्थीलाई भूकम्प पीडित कोटामा अमेरिका जान प्रतिव्यक्ति रु चार लाखभन्दा बढी खर्च नलाग्ने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार्कीले प्रवेषाज्ञा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिने भन्दै प्रकाश कार्कीबाट रु ७६ हजार ५००, मदन पोख्रेलबाट रु एक लाख ५० हजार गरी छ जनाबाट रु दुई दुई लाख ७८ हजार लिई सम्पर्कविहीन भएका थिए ।
पीडितले महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि महाशाखाबाट खटिएको टोलीले कार्कीलाई काठमाडौँ मूलपानीबाट पक्राउ गरी आज सर्वजनिक गरेको हो । रासस
American Embessy
pakraw
