विदेश

पाकिस्तानमा मस्जिद भत्किँदा पाँचको मृत्यु, ५५ घाइते

पाकिस्तानमा मस्जिद भत्किँदा पाँचको मृत्यु, ५५ घाइते
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणधीन एक मस्जिद शुक्रबार भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् । घटनामा ५५ जना घाइते भएका छन् । pakistan_map_regions कराँचीका प्रशासक लाइका अहमदले स्थानीय मुश्लिम धर्मावलम्बीहरु उस्मा घानी मस्जिदमा जम्मा भई शुक्रबारको प्रार्थना गरिरहेका बेला एक्कासी मस्जिदको छाना खसेपछि उक्त दुःखद घटना भएको बताए । उनले छाना के कारण खस्न पुग्यो भन्नेबारे छानबिनपछि थाहा हुने भन्दै थप स्पष्टीकरण भने दिन अस्वीकार गरे ।यद्यपि स्थानीय समाचार माध्यमले भने शुक्रबार मस्जिदको भारबहन क्षमताभन्दा बढी मानिस त्यहाँ जम्मा भई प्रार्थना गर्ने क्रममा दुर्घटना भएको थियो । कराँचीको उत्तरी नाजिमावाद इलाकामा प्रायः जम्मा हुनेभन्दा बढी मानिस रमादानको प्रार्थनामा उपस्थित भएका स्थानीय प्रत्यक्षदर्शीले बताए । घटनामा घाइते हुनेमा साना बालबालिका समेत परेका र उनीहरुलाई कराँचीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनापछि तत्कालै मस्जिदमा उद्धार टोली पुगी घाइतेजनलाई अस्पताल पु-याइएको थियो । मस्जिदको भग्नावशेषभित्र अरु पनि परेको हुनसक्ने स्थानीयले बताएपछि उक्त अवरोधलाई हटाउने कार्य भइरहेको छ । रासस

masgit pakishtan

विशेष