News

नयाँ शक्तिसंग करडौं रुपैयाँ कहाँबाट आयो ?

नयाँ शक्तिसंग करडौं रुपैयाँ कहाँबाट आयो ?

Baburam_Bhattarai जेठ २९ नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ । नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएर आठ महिनापछि पार्टी घोषणा गर्न लागेका हुन् ।

पार्टी स्थापना सभालाई व्यवस्थित गर्नका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा सभा व्यवस्थापना समिति र १४ वटा उपसमितिमार्फत गठन गरेर तयारी अन्तिम चरणमा पुर्याएको छ । पार्टी घोषणा सभामा सहभागी हुनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि विभिन्न २६ देशका प्रतिनिधिहरुलाई निमन्त्रणा पठाएको छ ।

एक संस्थापक ससदस्यहरुबाट १ सय ५ रुपैयाँको दरले १ करोड ५ लाख, अन्तरिम केन्द्रीय परिषदमा रहेका ४ सय ४९ बाट २२ लाख ४५ हजार, सचिवालय सदस्यमा रहेका ५१ जनाबाट ५ लाख १० हजार पार्टी्भित्रबाटै संकलन हुने नयाँ शक्ति नेपालका सचिवालय सदस्य गंगा श्रेष्ठले बताए । नेपाल समाचारपत्र

Dr Baburam Bhattarai

विशेष