भारतले भन्यो राष्ट्रपतिको भ्रमण किन रद्द गरेको
काठमाडौं जेठ २९ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । दक्षिण एसियाली विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत गएका थापाले विदेशमन्त्री सुष्मासँग भेटवार्ता गरेका हुन् । स्वराजसँगको भेटवार्तामा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको र छलफल उपयोगी र रचनात्मक भएको परराष्ट्रमन्त्री थापाले बताएका छन् ।भारतिय परराष्ट्रमन्त्री सुष्मा स्वराजले किन राष्ट्रपतिको भारण भ्रमण रद्द भएको भन्ने बारेमा पनि चासो व्यक्त गरेको जनाइएको छ । दुई दिने भारत भ्रमणमा रहेका थापाले उच्च राजनीतिक भेटवार्ता सुरू गरेका छन् ।
Nepali Minisar