News

अख्तियार प्रमुख नै भ्रष्टचारमा संलग्न

अख्तियार प्रमुख नै भ्रष्टचारमा संलग्न

aktiyar जेठ २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वक्षेत्रीय प्रमुखको नेतृत्वमा रहको बर्दिवास मालपोत कार्यालयमा सेवाग्राहीबाट अनावश्यक रुपमा रकम असुल गर्ने गरेको पाइएको छ । आयोगको क्षेत्रीय कार्यालय बर्दिवासका तत्कालीन प्रमुख देवनाथ पोखरेल प्रमुख रहेको मालपोत कार्यालय बर्दिवासमा कार्यालयबाहिर लेखनदास र कार्यालयभित्र कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म आर्थिक चलखेलमा सामेल हुने गरेको पाइएको हो ।कार्यालयले रजिस्ट्रेसन पासपछि जग्गाधनीलाई दिने रातो प्रमाण पूर्जाको बाहिरी भागमै मूल्य २५ रुपैयाँ लेखिएको भए पनि उक्त पूर्जाको ५० रुपैयाँ असुल गरिन्छ । त्यसको कुनै रसिद सेवाग्राहीलाई दिइँदैन । त्यो रकम कार्यालयको आम्दानी खातामा समेत चढाइँदैन । उक्त कार्यालयकै उक्त पूर्जा वितरण फाँटका सुदीप कोइरालाका अनुसार पूर्जाको मूल्य २५ रुपैयाँ तोकिए पनि कार्यालयकै निर्देशनमा ५० रुपैयाँ लिने गरेको बताउँछन् ।

अन्नपूर्ण पोष्ट

Aktiyar

विशेष