News

‘राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्ने’

‘राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्ने’

Pushpa-Kamal-Dahal जेठ २९ । नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डले बजेटपछि राष्ट्रिय सहमतिका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्ने सहमति भएको बताएका छन् । शान्ति प्रक्रियाका बांकी काम, पुर्ननिर्माण र संविधान कार्यान्वयनका लागि कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले एमालेसंग सो सहमति भएको उनको भनाइ छ ।

प्रदेशस्तरीय प्रशिक्षणका लागि कैलाली पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बजेटपछि प्रधानमन्त्री केपी ओलीले सहमतिय सरकारका लागि राजिनामा गर्ने विश्वास व्यक्त गरे । जसको नाममा सहमति हुन्छ उसैले सरकार नेतृत्व गर्ने प्रचण्डको प्रष्टिकरण छ । आफ्नो नाममा सहमति भएपनि जिम्मेवारी लिन र अरुको नाममा सहमति हुंदापनि सहयोग गर्न आफुहरु तयार रहेको उनले स्पष्ट गरे । स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनका लागि पनि सहमतिय सरकार आवश्यक रहेको हुंदा सहमतिय सरकार बनाउन ढिला गर्न नहुंने उनको भनाइ छ ।

सहमतिय सरकारको अनिवार्यतामा जोड दिएका उनले अहिलेको सरकारको विकल्पमा अर्को बहुमतिय सरकार बनाउनुको अर्थ नरहने प्रष्ट गरे ।

Prachanda

विशेष