News समाज

ग्रिनकार्ड रहेको ठाेकुवा गरेपछि सरोज खनालसंग पूर्वमन्त्री लोहनी आक्रोशित

ग्रिनकार्ड रहेको ठाेकुवा गरेपछि सरोज खनालसंग पूर्वमन्त्री लोहनी आक्रोशित
Sarjo Khanal VS Prakash Chandra Lohani जेठ–२९, पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीले आफुसंग ग्रिनकार्ड नरहेको स्पष्ट गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूसंग ग्रिनकार्ड रहेको भनि अभिनेता सरोज खनालले दिएको अभिव्यक्ति गलत रहेको प्रष्टिकरण दिएका हुन् । उनले सो अभिव्यक्तिका लागि खनालले माफी माग्नुपर्ने जनाएका छन् । निकै आक्रामक स्टाटस लेखेका लोहनीले खनालमाथि अपराध गरेको आरोप लगाएका छन् । शुक्रबार हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै अभिनेता खनालले पूर्वमन्त्री लोहनी र रामशरण महतसंग ग्रिनकार्ड रहेको दाबी गरेका थिए । सत्र बर्ष अमेरिका बसेर फर्किएका खनालले आफुजस्तै ग्रिनकार्ड लिने नेता धेरै रहेको सनसनीपूर्ण अभिव्यक्ति दिएका थिए । अरु नेताको बारेमा सुनेको मात्रै भएकाले नाम किटान गर्न नसक्ने जनाएका खनालले महत र लोहनीसंग ग्रिनकार्ड रहेको ठोकुवा गरेका थिए । कांग्रेस नेता मिनेन्द्र रिजाल, नारायण खड्का, एनपी साउदलगायतका संग ग्रिनकार्ड र पिआर रहेको चर्चा हुंदै आएको छ । खनालको अभिव्यक्तिलाई लोहनीले खण्डन गरेपनि महतले ग्रिनकार्ड रहे नरहेको बारेमा केही बोलेका छैनन् । निजामति ऐन संशोधन गरी कर्मचारीले विदेशमा स्थायी बसोबासका लागि आवेदनसमेत गर्न नपाउने प्रावधान थपिएको थियो । पिआर र ग्रिनकार्डलगायतका विषयमा कर्मचारीलाई प्रतिवन्ध लगाउने तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रयासमा तत्कालिन अर्थमन्त्री महतले अवरोध गरेका थिए । नेताहरुको पनि ग्रिनकार्ड र पिआर छानबिन हुनुपर्ने माग नागरिकस्तरबाट उठ्दै आएको छ । गत बर्ष कांग्रेस नेतृ सुजता कोइरालाले महतलाई विदेशीको दलाल र ग्रिनकार्ड होल्डरको संज्ञा दिएकी थिइन् । सामाजिक संजाल फेसबुकमा पूर्वमन्त्री प्रकाशचन्द्र लोहनीकाे स्टाटस 1 र याे पनि, सरोज खनालको ठोकुवाः रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड छ

Prakash Chandra Lohani Saroj Khanal

विशेष