News

चिनिया राष्ट्रपति नेपाल भ्रमणमा आउने तय

चिनिया राष्ट्रपति नेपाल भ्रमणमा आउने तय
जेठ-२९, चिनिया राष्ट्रपति सि जिनपिङ आगामी असोजमा नेपाल भ्रमणमा आउने तय भएको छ । अक्टोबर महिनामा पानाजीमा हुने ब्रिक्स सम्मेलनपछि उनी नेपाल आउने छन् । xi-jinping-470x340चिनियाँ राष्ट्रपति असोज ३० गते नेपाल भ्रमणमा आउने तय भएको अन्तराष्ट्रिय मिडियालाई उल्लेख गर्दै नेपाली मिडियाले लेखेका छन् । यसै हप्ता नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ सैन्य एडमिरल सुन जियानगुओले समेत यस विषयबारे संकेत गरेको थिए । एडमिरल सुनले नेपालमा भ्रमणका दौरान प्रधानसेनापति राजेन्द्र क्षेत्री र रक्षामन्त्री भीमरावलसँग दुई वटा विषयमा छलफल गरेका थिए । जसमध्ये एक राष्ट्रपति जिनपिङको भ्रमण थियो भने अर्को क्विनघाई–तिब्बत रेलवे काठमाडौंसम्म र पछि भारतको सीमाको नजिक रहेको लुम्बिनीसम्म पुर्याउने विषयमा छलफल भएको थियो । दुई देशले यातायात सञ्जाल विस्तार र सुदृढ गर्नेमा विशेष जोड दिइरहेको छ जसमा रेलवे मूख्य प्राथमिकतामा रहेको छ । शुक्रबार मात्र उपराष्ट्रपति नन्दबहादुर पुन साताब्यापी चीन भ्रमणका लागि त्यहा पुगेका छन् ।

China xi-jinping

विशेष