कोटेश्वर बहुमुखी क्याम्पसको २७ बर्षपछि आफ्नै भवन
सागर बुढाथोकी जेठ – २९, महादेबस्थान स्थित कोटेश्वर बहुमुखी क्याम्पसले आफ्नै भवनको शिलान्यास गरेको छ । नेपालका लागि भारतिय राजदूत रनजित रेले भवनको शिलान्यास गरेका हुन् ।
क्याम्पस स्थापना भएको २७ बर्ष लाग्दा आफ्नै भवन बन्न लागेको हो । कार्यक्रममा बोल्दै राजदूत रेले नेपालको विभिन्न ठाउँमा भारत सरकारले विकास निर्माणमा सहयोग गर्ने बताए । नेपाल सरकारकारले उक्त क्याम्पसलाई भवन निर्माण गर्न लामो समयदेखी जडिबुटीमा जग्गा उपलब्ध गराएको थियो । क्याम्पस तथा भारतीय राजदूताबासको विभिन्न आन्तरिक कारणले भवन निर्माण गर्न ढिलाइ भएको हो ।
काठमाण्डौ जिल्ला विकास समितिको निर्देशन र भारत सरकारको साढे पाँच करोडको आर्थिक सहयोगमा उक्त क्याम्पस बन्ने भएको छ । अहिले क्याम्पसले कोटेश्वर स्थित सरस्वती माविको भवन र नीजि घर भाडामा लिएर कक्षा संचालन गरिरहेको छ । दुई हजारभन्दा बढी बिद्यार्थी अध्यनरत क्याम्पसमा शिक्षा, मानविकी र व्यावस्थापन संकायमा प्लस टु लेभलदेखि मास्टर लेभलसम्म पढाई हुन्छ । बर्षात सकिएलगतै भवन निर्माण कार्य सुरु हुने क्याम्पस प्रमुख गोबिन्द बहादुर कार्कीले बताए । तिन रोपनी क्षेत्रफलमा बन्ने उक्त भवन साढे २ तलाको बन्ने छ ।
रंजित रे कोटेश्वर क्याम्पसमा मन्तब्य दिदैं
Koteshwor Bahumukhi Campus Ranjit rey