News

नयाँशक्तिको आम्दानी र खर्च कति ?

नयाँशक्तिको आम्दानी र खर्च कति ?
जेठ – २९, डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टीले पार्टी घोषणको तयारी पुरा गरेको छ । प्रेस विज्ञप्ती निकाल्दै जेठ ३० गतेबाट सुरु हुन लागेको पार्टी घोषणाको तयारी पुरा भएकाे जानकारी दिएको होे । Dr. Baburam देश तथा विदेशबाट एक लाख पाँच सय ४६ जनाले सदस्यता दाबी गरेको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज लगायत देशभित्र रहेका २५ भन्दा वढी देशका राजदूतलाई आमन्त्रण गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । मञ्च व्यवस्थापनको जिम्मा भने इभेन्ट म्यानेजमेण्टलाई दिएको छ । एक लाखभन्दा वढी सदस्यहरु उपस्थिति भई सामूहिक रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम अनुसार उपत्यकाका कालिमाटी, कुपण्डोल, रत्नपार्क, तिनकुनेबाट रंगशालामा -याली निकाल्ने छ । ३० गतेको पार्टी घोषणा पछि ३१ र ३२ गते प्रज्ञाप्रतिष्ठानमा छलफल गर्ने छ । पार्टी घोषणा गरेको एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने दाबी गरेको छ । नयाँ शक्तिको आम्दानी नयाँ शक्ति नेपालले सदस्यता शूल्कबाट एक करोड २० लाख २७ हजार उठाउने, त्यस्तै १५ सय प्रतिनिधिको ५ सयका दरले प्रवेश शूल्क सात लाख ५० हजार, सचिवालय सदस्यहरुबाट छ लाख ६० हजार, अन्तरिम केन्द्रीय परिषदहरुबाट १० लाख, समर्थकबाट २६ लाख, बैंक खातामा बचत रहेको सात लाख २७ हजार नौ सय ९३, कुल रकम एक करोड, ७६ लाख ६५ हजार तीन सय २३ उठाउने योजना बनाएको छ । नयाँशक्तिको खर्च आम्दानी मध्येको ३७ लाख प्रचार–प्रसार, प्रकाशनमा खर्च गर्ने जनाएको छ । त्यस्तै पार्टी घोषण सभा व्यवस्थापनको लागि २० लाख छुट्याएको छ । दुई दिने छलफल सत्रको खर्च १२ लाख, प्रतिनिधिको व्यवस्थापन र वसोवासको लागि भने १४ लाख छ्ट्याएको छ । यसरी एक करोड पाँच लाख कुल खर्च गर्ने योजना विज्ञप्ती जारी गरेको छ । जनमुक्ति पार्टी र नयाँ शक्ति समायोजन जनमुक्ति पार्टी र नयाँ शक्ति नेपालबीच समायोजन हुने भएको छ । दुवै पार्टीले सयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हुन । संघीय जनमुक्ति पार्टीको जेठ २८ र २९ मा सम्पन्न महाधिबेशनले नयाँ शक्ति नेपालसँग समायोजन हुने संस्थागत निर्णय गरेको हो । जेठ ३० गते रंगशालामा सम्पन्न हुने राजनीतिक पार्टी घोषणा सभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । जेठ ३१ र ३२ गतेको बन्द–सत्रको छलफलमा दुबै शक्तिका दस्ताबेजलाई संयोजन गरी एउटै बनाई पेश गरिनेछ र महाधिवेशनसम्म छलफलमा लगिनेछ ।

dr.baburam bhatrai nayashak

विशेष