जनताको सम्पतिमा लुट मच्चाएको भन्दै विप्लव माओवादीले गर्यो एनसेल माथी आक्रमण
काठमाडाैँ २९ जेठ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले मोरङ र धनकुटासँगै दाङ, सल्यान र गोरखामा पनि एनसेल टावरमाथि आक्रमण गरेको छ ।
राज्य र सर्वसाधारणको रकममा लुट मच्चाए भन्दै विप्लव माओवादीले एनसेलका टावरमाथि आक्रमण गरेको बताएको छ । देशका विभिन्न टावरमाथि शुक्रबार राति र शनिबार गरेर धेरै ठाउँमा आक्रमण गरेको बताएकाे छ । माओवादीले दाङको लक्ष्मीपुर गाविसस्थित चौगरा र लमही नगरपालिका ४ स्थित श्रीगाउँमा रहेको एनसेलको टावरमा विप्लव माओवादीले आगजनी गरेको छ ।
दाङमा ती आक्रमण शुक्रबार राति तीन बजे गरेको बताइएको छ । यसैगरी सल्यानको जैतपानीमा रहेको एनसीएलेको टावरमा पनि विप्लव माओवादीले सर्वसाधरणको उपस्थितिमा आगजनी गरेको छ ।यसरी देशका पाँच ठाउँमा विप्लव माओवादीले एनसेलको टावरमा आक्रमण गरेकाे छ ।
ncell tawar biplab maobadi