प्रधानमन्त्रीले आफ्नो क्षेत्रलाई बजेट दिएको भन्दै नेता पौडेलको आपत्ति

जेठ ३० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको बजेटले महँगी बढाएकाले सर्वसाधारणले धान्न नसक्ने बताएका छन् । तनहुँको क्यामिन गाविसको नवनिर्मित भवनको शनिबार उद्घाटनका अवसरमा कांग्रेस नेता पौडेलले वर्तमान सरकारले सत्तारुढ पार्टीहरुको हितका लागि मात्रै बजेट ल्याएको भन्दै आपत्ति व्यक्त गरे । उक्त अवसरमा नेता पौडेलले बजेट झापा र कपिलबस्तुलाई मात्र छुट्याएको भनि आपत्ति समेत जनाए ।