News

भारतीय र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल

भारतीय र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन पहल

pranabmukherjee काठमाडौं, ३० जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई केही महिना भित्रै नेपाल भ्रमण गराउन प्रयास थालेको छ । त्यसैगरि भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ । भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ । सरकारले चिनियाँ राष्ट्रपति सीलाई असोजको अन्त्यमा स्वागत गर्ने तयारी गरिरहेको छ । त्यसलगत्तै वा अघि हुने गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी पनि थालिएको हो ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । नेपालको निमन्त्रणा प्रस्तावमा भारत सकारात्मक भए पनि मुखर्जीले कहिले भ्रमण गर्ने भन्ने यकिन भइसकेको छैन ।

भारतका कुनै पनि राष्ट्रपतिले १९ वर्षदेखि नेपाल भ्रमण गरेका छैनन् । नेपालका तर्फबाट लगातार भारतको भ्रमण हुने तर भारतको तर्फबाट विरलै हुने भन्दै नेपालले विभिन्न तहबाट भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका लागि आग्रह गरिरहेको जानकारी परराष्ट्र सम्बद्ध अधिकारीले दिए । ‘सकेसम्म सन् २०१६ मा नै नेपाल भ्रमण गराउने गरी हामीले गृहकार्य अगाडि बढाइरहेका छौं तर मिति यकिन भइसकेको छैन,’ हाल भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री कमल थापाले बताए । परराष्ट्रमन्त्री थापाले पटकपटक चिनियाँ राष्ट्रपतिको भ्रमणको पनि पहल भइरहेको बताएका थिए । कान्तिपूर दैनिक

Mukarjee

विशेष