News

ज्याकेट पेजमा बाबुराम, शंकाको घेरामा मिडिया र नयांशक्ति

ज्याकेट पेजमा बाबुराम, शंकाको घेरामा मिडिया र नयांशक्ति

Naya Sakiti आइतबार छापिएका सबैजसो पत्रिकाका ज्याकेट पेजमा बाबुराम भट्टराईको फोटोसहितको विज्ञापन छापिएको छ । यो दरको हिसावले सबैभन्दा महङ्गो विज्ञापन हो । पहिलो पृष्ठमा पूरै विज्ञापन राखिएको अवस्थामा ज्याकेट पेज भनिन्छ । पार्टी घोषणा दिनको अवसरमा बाबुरामको धमकेदार विज्ञापनको बर्षा भएको हो ।

कान्तिपुर, नागरिक, अन्नपूर्णलगायतका सबैजसो दैनिकमा बाबुराम भट्टराईको फोटो सहितको नयांशक्तिको विज्ञापन छापिएपछि पाठक अचम्ममा परेका छन् । पत्रिका पसलमा समचारको भन्दा बाबुरामको विज्ञापनको चर्चा बढी भएको छ । एक साता यता सबैजसो टेलिभिजनमा बाबुराम भट्टराई अभिनित भिडियो विज्ञापनसमेत बज्ने गरेको छ ।

कान्तिपुरमा मात्र ज्याकेट पेज विज्ञापन छाप्न परेमा एकदिनको २५ लाख लाग्ने बताइन्छ । टिभी, पत्रिका र रेडियोमा आएको विज्ञापनलाई हेर्ने हो भने करोडभन्दा बढी विज्ञापनमा खर्च भएको देखिन्छ । पार्टी घोषणा कार्यक्रमको पनि केही टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने सम्भावना रहेको नयांशक्तिका प्रवक्ता खिमलाल देबकोटाले जानकारी दिएका छन् ।

बिज्ञापनमा शक्ति देखेका बाबुराम मिडियालाई विशेष ध्यान दिने नेता हुन् । अरु नेताभन्दा अध्ययनशीलपनि छन् । उनको जोड मिडियमार्फत मान्छेको माइन्डवास अर्थात दिमागमा प्रहार गर्ने हुन्छ । सबैजसो दैनिक पत्रिकामा ज्याकेट पेज विज्ञापन छापिएपछि उनले यसलाई आफ्नो शक्तिका रुपमा बुझेका छन् । आइतबार सबेरै उनले सबैपत्रिका मिलाएर राखेको फोटो सामाजिक संजालमा पोष्ट गरे । पत्रिकाको ज्याकेटपेजमा उनी आफैं दिए । अनि तस्बिरमा क्याप्सन लेखेः तस्बिर आफैं बोल्छ । तर, के बोलेको हो त्यो भने प्रष्टाएनन् । तस्बिरले कस्का लागि के बोल्छ भन्ने एकीन छैन । किनकी उनको बिज्ञापन आंशु र हांसोजस्तो सामान्यतया सबैले एकै हिसावले बुझ्ने तस्बिर होइन ।

Naya

विज्ञापन नै यति खर्चिलो 

नयांशक्तिका प्रवक्ता खिमलाल देबकोटाले विज्ञापन निशुल्कजस्तै प्रशारण  भएको बताए । साताव्यापी रुपमा क्वाटर पेज विज्ञापन छाप्न र एक दिन ज्याकेट पेज छाप्ने गरी निशुल्क छापिएको पत्याउन गाह्रो छ । देबकोटाले विज्ञापनका लागि खर्च भएको कागजको मूल्य दिने गरी मिडिया हाउससंग सहमति भएको जनाए । न्युनतम मूल्य कति हो भन्ने तय नभइसकेको देबकोटा बताउंछन् । देबकोटाका अनुसार वाल पेन्टिङ र पोस्टरिङ झण्झटिलो, खर्चिलो र वातावरण प्रतिकुल हुने भएकाले मिडिया विज्ञापन गरिएको प्रष्टाए । उनले आफुहरुको यो विधि अरुलेपनि पछ्याउने दाबी गरे ।

नयांशक्तिले पार्टीघोषणामा भित्तेलेखन र पोष्टरको प्रयोग गरेको छैन । उसले मंच बनाउने जिम्मासमेत व्यवसायीलाई दिएको छ । अन्य पार्टीले यस्तो कार्यक्रम आयोजना गर्दा कार्यकर्ता आफैंले बनाउने गर्दथे । देबकोटाले भन्छन्, ‘मञ्च बनाउन दर्जनौ कार्यकर्ता कैयौं दिन पहिलेदेखि लाग्नुपथ्र्यो, खानेखर्च नै धेरै हुन्थ्यो । अरुलाई जिम्मा दिंदा सजिलोपनि व्यवस्थित पनि ।’ कार्यक्रम पूर्णरुपमा डिजिटलप्रविधियुक्त हुने बताइएको छ ।

ज्याकेटपेजसहितको आक्रामक विज्ञापनका कारण नयांशक्तिप्रति आंशका व्यक्त गर्न थालिएको छ । पैसा कहांबाट आयो ? मिडियाले किन साथ दिए ? कतै प्रयोजित त होइन ? यस्ता प्रश्न उठ्ने गरेका छन् । नयांशक्तिका नेता देबकोटा आंशकालाई बकवासको संज्ञा दिन्छन् ।

करिष्माले कार्यक्रम संचालन गर्ने

बाबुराम भट्टराईले कार्यक्रम संचालनको मुख्य जिम्मेवारी नायिका करिष्मा मानन्धरलाई दिंदैछन् । उनले शुक्रबार एक कार्यक्रममा ब्युटी विथ ब्रेन अर्थात सौन्दर्य र दिमागको समायोजन भएकी नेतृको रुपमा प्रशंसा गरेका थिए । करिष्मालाई पासाङ शेर्पाले साथ दिने बताइएको छ । बाबुरामले नयांशक्तिको स्थापना दिवसमा नयांव्यक्तिहरुको भुमिका बढी देखाउन चाहेका छन् । पासाङ र करिष्मा दुबै गैरमाओवादी पृष्ठभुमीका हुन् ।

Naya Shaki

विशेष