विदेश

ब्रिटेनकी महारानीले मनाइन ९० औं जन्मदिन

ब्रिटेनकी महारानीले मनाइन ९० औं जन्मदिन

Briten Queen

जेठ ३० । ब्रिटेनकी महारानीको एलिजाबेथको ९०औं जन्मदिन भनाइकि छन् र उनले आफ्नो ९० औं जन्मदिनको अवसरमा मध्य लंडनमा ट्रुपिङ द कलर्स नामक परेडको अवलोकन गरेकी थिईन्। १६०० भन्दा बढी सैनिक र ३०० घोडाले उक्त परेडमा भाग लिएका थिए । उज्यालो हरियो रंगको कोट र उस्तै रंगको टोपी लगाएकी महारानीले घोडाबग्गीमा चढेर उनका श्रीमान ड्युक अफ एडिनबरा संग बकिङ्गम दरबारबाट निस्किंदा भीडलाई हात हल्लाएर अभिवादन गरेकि थिईन् ।

‘महारानीको जन्मदिनको परेड’का नामले चिनिएको उक्त वार्षिक उत्सवमा महारानी सन् १९५५ मा बाहेक हरेक वर्ष उपस्थित भएकी छिन् । सन् १९५५ मा राष्ट्रव्यापी रेल हड्तालका कारण उक्त कार्यक्रम रद्द गरिएको थियो । उनका साथमा राजकुमार ह्यारी का साथ डचेस अफ कर्नवाल कमिला र डचेस अफ क्याम्ब्रिज केट अर्को बग्गीमा चढेका थिए भने ड्युक अफ योर्क एन्ड्रिउ र उनका छोरीहरु राजकुमारी बीट्रिस र युजेनी त्यसपछिको बग्गीमा चढेका थिए ।

Briten Queen

विशेष