बाबुरामलाई आलोचकले सोधें, तस्बिर बोलेको कि भारु ?
काठमाडौं जेठ ३० । बाबुराम भट्टराईले आफ्नो विज्ञापन ज्याकेट पेजमा प्रकाशित गरेका सबै दैनिकको फोटो पोष्ट गरेसंगै उनीमाथि सामाजिक संजालमा खोइरो खन्न थालिएको छ । उनले तस्विर आफैं बोल्छ भनि राखेको फोटोमा धेरैजसोले आलोचना गरेका छन् । केहीले फोटो बोलेको नभइ भारु बोलेकोसम्म लेखेका छन् । उद्घाटनसत्रमा भारतीय परिकार बिर्यानी खुवांउन लागिएको सन्दर्भमापनि कडा कमेन्ट आएको छ । चार्मे खुवांउने पार्टी खोजेको भन्दै व्यंग्य गरिएको छ । केहीले भने बाबुराम भट्टराईले नयां शैली र सोच ल्याएको भन्दै प्रंशसा गरेका छन् । आइतबार सबेरैदेखि बाबुराम भट्टराई सामाजिक संजालको हट बिषय बनेका छन् । यसले नयांशक्तिको पार्टी घोषणाको प्रचार भने भइरहेको छ ।