News

बाबुरामलाई ठूलो झट्का, ज्वांइलाई काखी च्यापेपछि बिद्यार्थी नेतृको राजिनामा

बाबुरामलाई ठूलो झट्का, ज्वांइलाई काखी च्यापेपछि बिद्यार्थी नेतृको राजिनामा

Baburaam बाबुराम भट्टराईलाई पार्टी घोषणा दिवसको दिन ठूलै झट्का लागेको छ । शहिद परिवारकी सदस्य एंव नयांशक्तिको विद्यार्थी संयोजक रहिसकेकी ओमकुमारी पौडेलले नयांशक्तिबाट राजिनामा दिंदै घोषणासभामा सहभागी नहुने जानकारी दिएकी छन् ।  पौडेल भट्टराईको नयांशक्तिसम्बद्ध बिद्यार्थी मोर्चाको संस्थापक संयोजक हुन् । उनलाई विस्तापित गरी रमेश महतोको संयोजकत्वमा समिति गठन गरेपछि पौडेल असन्तुष्ट थिइन् । भट्टराईका ज्वांइसमेत रहेका विद्यार्थीका तत्कालिन प्रवक्ता जेकेन्द्र श्रेष्ठसंग देखिएको विवादले उग्ररुप लिएपछि पौडेललाई संयोजकबाट भट्टराईले हटाएका थिए ।

तनहुंमा पौडेल

पार्टी घोषणा हुने दिन पौडेल तनहुंमै रहेको बुझिएको छ । अन्तरिम परिषद्की सदस्यसमेत रहेकी पौडेलले भट्टराईका ज्वांईको कार्यशैलीप्रति पटकपटक असन्तुष्टि व्यक्त गरेको तर सुनाइ नभएको स्रोतले बतायो । संगठन पद्धतिभन्दा बाहिर गएर गतिविधि गरेको र नेतृत्वलाई अस्विकार गरेको गुनासो बढेपछि भट्टराईले ज्वांइ, विद्यार्थी संयोजक पौडेल र विद्यार्थी फांट हेर्ने गंगानारायण श्रेष्ठलाई संगै राखेर छलफल गरेका थिए ।

भएको के थियो ? 

माओवादीबाट अलग हुंदा विद्यार्थी संगठनको सचिव थिइन् ओमकुमारी । उनकै नेतृत्वमा विद्यार्थी संगठनपनि विभाजित भयो । उनी नयांशक्तिको विद्यार्थी संयोजक भइन् । त्रिभुवन विश्वविद्यालयमा २०६४ सालमा राजनीति थालेका श्रेष्ठ केन्द्रीय सदस्य थिए । नयां शक्तिको विद्यार्थीको प्रवक्ताको जिम्मेवारी उनले पाए । पौडेल र श्रेष्ठ दुबैको घर तनहुं हो । भौगोलिकरुपमा पनि भोलीका लागि थुनछेक हुने सम्भावना थियो । श्रेष्ठसंग बाबुराम भट्टराईको पारिवारिक साइनो थियो, पौडेलसंग युद्धकाल देखि बाबुरामको साथ नछाडेको र सहिद परिवारको बिरासत थियो । प्रवक्ता रहेका श्रेष्ठले संयोजक पौडेलको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन थाले । पौडेलले श्रेष्ठको चरित्र, सन्देहपूर्ण कार्यशैली र सांगठनिक पद्धतीका विषय उठाएर प्रतिवाद गर्न थालिन् । दुईजनाबाट शुरु भएको मनमुटाव विस्तारै व्यापक बन्यो । विधान सम्मेलन भनि बोलाइएको विद्यार्थी भेला प्रशिक्षणमा सिमित भयो । विवाद साम्य पार्न नसकेपछि बाबुराम भट्टराई आफैंले भेलाको उद्घोषण र समापन गरे । उनी बोल्दा भक्कानिएका थिए ।

खासमा पौडेलले सभापतित्व ग्रहण गर्ने, रमेश महतोले स्वागत भाषण गर्ने र श्रेष्ठले कार्यक्रम संचालन गर्ने सहमति भएको थियो । कार्यक्रम समापनको घोषणा भएसंगै विद्यार्थी फांट हेर्ने नेता गंगानारायण श्रेष्ठले विद्यार्थीको संयोजन समिति भंग भएको घोषणा गरिदिए ।

तत्कालिन संयोजक पौडेलको कार्यक्षेत्र तनहुं तोकियो । केन्द्रमा हावी भए ज्वांइ श्रेष्ठ । विद्यार्थी संगठनमा माओवादी छंदा भट्टराईको लागि लडेकी र सम्भावना हुंदाहुंदै भट्टराईको नयांशक्तिमा लागेकी ओमकुमारीलाई नराम्रोसंग मनोवैज्ञानिक धक्का लागेको बताइन्छ । उनले बाबुरामलाई ज्वांइको व्यवहार र शैलीलाई पार्टी नेतृत्वबाट संरक्षण दिएकोप्रति दुःख व्यक्त गर्दै राजिनामा दिइन् । यसबारेमा पौडेलले केही नबताउने जनाइन् । स्रोतका अनुसार बाबुराम भट्टराईसंग उनका पूराना सहयोगी टाढिनेक्रम बढ्दो छ । यसअघि पत्रकारिताका क्षेत्रमा उनलाई निरन्तर साथ दिदैं आएका मनरिषी धिताल बाहिरिएका थिए । भट्टराई निकट रहेका पत्रकारमध्ये सबैभन्दा परिचित धिताललाई केही महिना अघिसम्म भट्टराईका प्रेस सल्लाहकारका रुपमा हेरिन्थ्यो ।

baburam Naya Sakti

विशेष