काठमाडौं बारमा कांग्रेसनिकट वकीलको वर्चस्व नाम सहित
काठमाडौं जेठ ३० । बार एसोसिएसन काठमाडौं शाखामा समेत नेपाली कांग्रेसको भातृसंस्था डीएलए समर्थकले जीत हाँसिल गरेको छ । डीएलएबाट दुई छुट्टा छुट्टै उमेद्वार र प्रगतीशील तथा गणतान्त्रीकले गठबनधन बनाएर चुनावी मैदानमा उत्रेपनि लोकतान्त्रीक कानुन ब्यावशायीले भारी मत अन्तरले हराएका छन् ।
अध्यक्ष, सचिब, कोषाध्यक्ष समेत सबै पदमा एमाले निकट प्रगतीशील र माओबादी केन्द्र निकट गणतान्त्रीक कानुनब्यवशायीको गठबन्धनलाई केन्द्रीय बारमा भन्दा पनि बलियो अन्तरले डेमोक्याटिक लयर्स एसोसिएसन काठमाडाैले गतिलो झापड दिएको छ । कानुन ब्यवसायीमा पुराना र बिस्वासिला ब्यक्ति लक्ष्मण थपलीया आफ्नो टीम सहित काठमाडाै बारको अध्यक्ष चुनिएका छन् ।
Bar