News

विप्लब माओवादीको ज्यादती

विप्लब माओवादीको ज्यादती
world vision ma ma bomb (5) जेठ ३० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भूकम्प पीडितहरुलाई राहत वितरणमा अपरादर्शी भएको भन्द्रै वल्ड भिजन नुवाकोटको गाडीमा पेट्रोल बम प्रहार गरेको छ । आइतबार बिहान एक बजे नेकपा माओवादी विप्लवका कार्यकर्ताहरुले विदुर नगरपालिका–४ बट्टार बजारमा रहेको वल्ड भिजनको कार्यालय परिसरमा रहेको बा. १३ च २४३६ नम्बरको गाडीमा बम पड्काएर आगो लगाइदिएका छन् । world vision ma ma bomb (7)

नुवाकोटमा काम गर्दै आएको अन्र्तराष्ट्रिय संस्था वल्र्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा पहिले पेट्रोल बम प्रहार गरी आगो लगाएको नुवाकोट प्रहरीले जनाएको छ । आफूलाई नेकपा माओवादी विप्लव समूहको कार्यकर्ता बताउने दुई जनाले कार्यालयमा आएर अकस्मात आगाजनी गरेको वल्ड भिजन कार्यालयमा रहेका सुरक्षाकर्मीले बताएका छन् ।

आगलागीसँगै कार्यालयमा समेत केही भाग जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । बम प्रहार र आगजनीबाट गाडीमा गरेको आगजनीबाट वल्र्ड भिजनको कार्यालयमा समेत क्षति पुगेको छ । घटना आफूहरुहरुले गरेको नेकपा माओवादीका केन्द्रीय सदस्य सञ्जिवले फोन मार्फत जिम्मा लिएका छन् । सञ्जिवले अहिलेको आक्रमण साङ्केतिक मात्र भएकाले वल्ड भिजनलाई नुवाकोटमा मात्र नभई नेपालबाट नै निकाल्ने चेतावनी दिएका छन् ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नुवाकोट नर्जामण्डप–६ का कृष्णबहादुर तामाङ र सञ्चबहादुर तामाङ, रोल्पा नेजिङ–७ का यमकुमारी विष्ट र म्याग्दी घटान–४ का टंक रिजाललाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

युद्धको पूर्वअभ्यासमा विप्लव माओवादी, कालोमोसो, तोडफोडदेखि नेपालबन्दसम्म

Biplov

विशेष