एक घर दुई फलफूलका विरुवा
जेठ - ३०, सरकारले असार, साउन र भदौ महिनामा देशभर वृक्षारोपण अभियान चलाउने भएको छ । अवश्यक विरुवा भने वन कार्यालयले उपलब्ध गराउने छ ।
यो तीन महिने अभियानका लागि सरकारले स्थानीय सरकारी तथा गैरसरकारी संघसंस्था, सामाजिक संस्था र शिक्षक तथा विद्यार्थीहरुलाई परिचालने गर्ने छ । पानीका मुहान सुक्न थालेपछि सरकारले यस्तो निर्देशन स्थानीय निकायलाई दिएको हो ।
स्थानीय निकायलाई परिपत्र जारी गर्दै स्थानीय विकास मन्त्रालयले कम्तिमा एक घरमा दुईवटा फलफूलका विरुवा रोप्न भनेको छ । सडकको खाली जमिन भूगोल सुहाउँदो जातका विरुवा लगाउने र त्यसको रेखदेख गर्नको लागि नजिकको घरबाट ती विरुवाको संरक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । त्यस्तै आइतबार जारी गरिएको परिपत्रमा सबै सार्वजनिक विद्यायल परिसरमा पाेखरी छउछाउमा वृक्षारोपण गर्न पनि निर्देशन दिएको छ ।
planting
sthaniya bikash mantralaya