अदालतको आदेश फेसबुकमा राख्दा डीआईजी खड्कामाथि छानविन सुरु
जेठ ३०, सर्वाेच्च अदालतबाट जारी भएकाे अादेश सामाजिक संजालमा राखेकाे भन्दै सशस्त्र पहरी बलले डिअार्इजी उत्तम खड्कामाथि छानविन सुरु गरेकाे छ । डिअार्इजी खड्काले डीआईजी बढुवाबारे सर्वोच्च अदालतबाट जारी भएको आदेश सामाजिक सञ्जालमा राखेका थिए ।
एआइजी सिंहबहादुर श्रेष्ठको संयोजकत्वमा बलले समिति गठन गरेको हो । एआइजीको रिक्त २ पदमा शैलेन्द्र खनाल र जितबहादुर पुनको बढूवाको सिफारिसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट हालेका थिए । जेठ २१ मा उनको रिटमा सुनुवाई गर्दै अदालतले उत्प्रेषण परमादेश जारी गरेको पत्र उनले आफ्नो फेसबुक पेजमा राखेका थिए ।
सरकारी दस्तावेज सामाजिक सञ्जालमा राख्नु सामाजिक सञ्जालको प्रयोग सम्बन्धी बल र नेपाल सरकारको नीति विपरीतको काम भएको भन्दै सशस्त्र प्रहरी प्रमुख दुर्जकुमार राईले छानविनका लागि एआइजी श्रेष्ठको संयोजकत्वमा डीआइजी सुबोध अधिकारी र डीएसपी युवराज अर्याल रहेको समिति गठन गरेका हुन् । उनीहरुलाई यथासक्य चाँडो प्रतिवेदन बुझाउन कार्यदेश तोकिएको छ ।
२०६९ मा बलले ल्याएको सामाजिक सञ्जालसम्बन्धी नीति अनुसार राजनीतिक टिप्प्णी, सरकारी र संगठनसंग सम्बन्धित कागजपत्र, पोशाकसहितको तस्विर, सरुवा, बढूवा, बिदालगायतका जानकारी सामाजिक सञ्जालमा राख्न निषेध गरेको छ ।
DIG uttam khadka
sashastra police nepal