
पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पूर्वमन्त्रीहरु रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउद र सुनिलबहादुर थापासंग ग्रिन कार्ड रहेको खुलाशा गरेका छन् । उनीहरुसंग ग्रिनकार्ड रहेको चर्चा चल्दै आएको भए पनि पूर्व सामान्य प्रशासनमन्त्रीले क्यामरामा प्रष्टसंग बोलेको सम्भवतः यो पहिलो पटक हो । विदेशको स्थायी बसोबासको प्रमाणपत्र लिन नपाउने गरी निजामती कर्मचारी ऐन संशोधन गर्न खोज्दा महत, रिजाल र साउदले चर्को विरोध गरेको पण्डित बताउछन् । ऐन संशोधन गर्दाको अनुभव सुनाउंदै उनले भने, ‘उहांहरु खुब विरोध गर्ने । मैले कारण खोज्न थाले । उहांहरुसंग ग्रिनकार्ड रहेको पाए ।’
[embed]
[/embed]
[embed]
[/embed]
एउटै मन्त्री परिषदमा नरहदासम्म रामशरण महतले पण्डितलाई ज्वांइसाहेव भन्थे । पण्डितले महत थरकी बिमलासंग विहे गरेकै कारण उनी ज्वांइ भएका थिए । तर, ज्वाइंजेठानको सम्बन्ध मन्त्रीपरिषदमा गएपछि टिकेन । चर्काचर्की नै पर्न थाल्यो । अमेरिका पुगेर महतले भने,‘लालबाबुले ल्याएको संशोधन प्रस्ताव कुनै पनि हालतमा मन्त्रीपरिषदबाट पारित हुन दिन्न ।’ लालबाबु क्रान्तिकारी शैलीमा अघि बढ्दै रहे । महत रक्षात्मक बने । उनले ढिलो गरी बुझे सोझो भन्ठानेको ज्वांइ त असाध्यै कडा रहेछ । पण्डित भन्छन्, ‘महत जस्तै अन्य नेता पनि संकाको घेरामा छन् । उनीहरुको छानबिन गर्नुपर्छ ।’
[embed]
[/embed]
यो अभियानमा लाग्नुको कारण
लालबाबु पण्डित ०४८ सालमा सांसद निर्वाचित भए । मोरङमा व्यारेक खाली भएको थियो । सो ठाऊंमा अस्पताल बनाउने कि पुनरावेदन अदालत सार्ने भन्ने तानातान भइरहेको थियो । भरतमोहन अधिकारी र पण्डित तत्कालिन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई भेट्न गए । उपाध्यायले कुरैकुरामा 'रिटायर्ड लाइफ' अमेरिकामा बिताउने योजना सुनाए । परिवार सबै उतै 'सेटल' भइसकेको र आफूले पनि ग्रिन कार्ड लिइसकेको कुरा उपाध्यायले गर्वसाथ सुनाए । यो अभिव्यक्तिले पण्डितलाई आहत बनायो । बरिष्ठ अधिवक्ता कृष्णमुरारी शर्माले आफूसंग ग्रिन कार्ड रहेको भन्दै गफ दिए । ग्रिन कार्ड एक हिसाबले हुनेखाने र पहुंचवालाको प्रतिष्ठाको विषय बनिरहेको थियो । उनले देशका सम्मानित व्यक्ति नै देशलाई अपमानित गरिरहेको देखे । पण्डितले यसलाई लज्जाको विषय बनाउने अभियान थाले । धेरै हदसम्म आफ्नो अभियानमा सफल भएको उनको अनुभव छ ।
[embed]
[/embed]
निजामती ऐन संशोधन थाल्दा धेरैतिरबाट उनीमाथि धम्की पनि आयो । उनी निरन्तर लागिरहे । रामशरण महतलगायतका मन्त्रीहरुको अवरोध छंदै थियो । पण्डितको पक्षमा जन लहर देखियो । विधेयक पनि संशोधन भयो । उनले शुरुमा ग्रिन कार्ड पिआर मात्रै भने । रासन कार्डको कुरै गरेनन् । किनकि भारतको स्थायी बसोबासको प्रमाणपत्र अर्थात रासन कार्ड लिएका धेरै मानिस नेपालमा छन् । रासन कार्ड भनेको भए भारतीय चासो आइहाल्थ्यो । उनीमाथि दबाब धेरै पर्थ्याे । भारतीय राजदूतले त्यसै पनि चासो व्यक्त गरिरहेका थिए । पण्डित अनेकौं उदाहरण दिन्थे । अन्य राजदूत पनि त्यसैगरी आउंथे र उसैगरी फर्कन्थे ।
पण्डितले चलाखी गरे । विधेयक प्रस्तुत गर्दा स्थायी बसोबासको प्रमाणपत्र भन्ने शब्द राखे । सो शब्दले रासन कार्डलाई पनि बुझांउछ । शब्दको निशाना सहीरुपमा लागेकोमा उनी खुशी छन् । अब त्यस्ता व्यक्तिले राज्यसंग सम्बन्धित पदमा बस्न नपाउंने उनको दाबी छ ।
[embed]
[/embed]
लालबाबुले जे अभियान लिएका थिए, त्यसले मूर्तरुप लिंदै गयो । निजामती संशोधन ऐन संशोधन विधयेक पारित भयो । निजामतीसंगै यो अन्य सेवामा पनि लागू भयो । नेताका लागि पनि संविधानमा बाध्यकारी व्यवस्था रहेको पण्डित बताउंछन् ।
[embed]
[/embed]
पण्डितले यसबीचमा थुप्रै अनुभव संगालेका छन् । शीरमा हात राखेर ग्रिन कार्ड नलिएको दाबी गर्ने सचिव ग्रिन कार्ड छोड्न नसकेर रातारात भागेको उनैले देखे । सचिव, सहसचिव, डिआइजीले ग्रिन कार्डका लागि जागिर र देश छोडेको तितो यथार्थसंग उनले साक्षात्कार गरे । ग्रिन कार्ड त्यागेर नेपाल आएकालाई पनि भेटे । कतिले उनकै अगाडि ग्रिन कार्ड नष्ट गरे । उनले यससम्बन्धमा हावाहुंरी नै ल्याए ।
[embed]
[/embed]
पण्डितका लागि एक पटकको नेपाली सधैंको नेपाली होइन । मनमा नेपाल रहेको र नेपालका लागि कर्म गर्ने व्यक्तिमात्रै नेपाली हो । विदेशमा स्थायी बसोबासको प्रमाण पत्र लिएर राज्यको पदमा बस्ने र बिदेशमा कर्म गरेर बुढ्यौली बिताउन नेपाल आउने दुबै उनका लागि गैरनेपाली हुन् । उनी भन्छन्, ‘पहिलेपहिले बिदेशमा रहेका सबैलाई गैरनेपाली भनेको भनेर भ्रम परेको रहेछ । अहिले उहांहरु खुशी हुनुभएको छ । भेट्नसमेत आउनुहुन्छ ।’
[embed]
[/embed]
[embed]
[/embed]
र याे पनि,
सरोज खनालको ठोकुवाः रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिन कार्ड छ
ग्रिन कार्ड रहेको ठोकुवा गरेपछि सरोज खनालसंग पूर्वमन्त्री लोहनी आक्रोशित
DV PR
Karmachari Tantra
Lal Babu Padnit
Nepali Politics
Neta ko DV PR
Nijamati Karmachari
NP Saud
Ram Saran Mahat
Sunil Thapa