होटलबाट तीन बालमजदुरको उद्धार
जेठ - ३० । होटलमा साना साना बालबालिकालाई प्रयोग गरी काम लगाएको जनाउँदै दोलखाका तीन होटलबाट तीन बालमजदुरको उद्धार गरिएको छ ।
[caption id="attachment_5793" align="alignleft" width="254"] www.just-one.org[/caption]
उद्धार भएकामा होटल गौरी होराइजन, चरीकोट चरीघ्याङबाट १४ वर्षीय तुलामान थामी, रेसिका मिठाइ चाट भण्डार बीचबजारबाट १४ वर्षीय चन्द्र नेवार र होटल जेनियल चरीघ्याङबाट १२ वर्षीय तुलमान थामी छन् ।
उनीहरु सबैको घर कालिञ्चोक गाविस रहेको बताइएको छ । उनीहरुको उद्धारका लागि महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्लान इन्टरनेसलन नेपाल लगायत सङ्घसस्थाको सहभागिता थियो । उद्धार गरिएका बालबालिकालाई केही दिनका लागि गैरसरकारी संस्थाले राख्ने प्लान नेपालकी प्रमिला अधिकारीले जानकारी दिइन्। रासस