नयाँ शक्ति नेपाल घोषणासभामा प्रधानमन्त्री ओली पुगे
जेठ - ३०, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल घोषणासभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् ।
पार्टी घोषणा कार्यक्रममा भट्टराईलाई शुभकामना दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु, कूटनीतिक नियोगका प्रतिनिधि तथा भारतका राजनीतिक दलका प्रतिनिधिहरु समेत रंगशाला पुगेका छन् ।
घोषणासभामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरालगायतका नेताहरुले शुभकामना दिइसकेका छन् । शुभकामना मन्तब्य दिदै माओवादी केन्द्रका नेता महराले आर्थिक विकासको नारा ठीक भएको बताए । त्यस्तै कांग्रेस सभापति देउवाले नयाँ शक्तिले आर्थिक विकासलाई जोड दिएको भन्दै प्रशंशा गरे ।
KP Sharma Oli