News

नयाँ शक्तिले एमालेबाहेक अरूलाई धक्का दिनेछ : प्रम अाेली

नयाँ शक्तिले एमालेबाहेक अरूलाई धक्का दिनेछ : प्रम अाेली
जेठ - ३०, प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणासभामा शुभकामना दिंदै एमालेबाहेक अरू पार्टीलाई धक्का दिनसक्ने बताएका छन्। kp-oli-naya-shakti-358x300 बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल घोषणासभामा आइतबार पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यो पार्टीले लिएको सद्धान्त र जनसहभागिता हेर्दा एमालेबाहेक अरू पार्टीलाई धक्का दिए पनि एमालेलाई केही नगर्ने बताएका हुन्। उनले भने, 'म सम्भावना देख्छु, नयाँ शक्ति नेपालले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ। यसले विकास गराेस ।' उनले नेपालमा राजनीतिक पार्टीको कमी नभएको भन्दै राजनीतिक पार्टीहरूको भीडमा उदाएको नयाँ शक्तिले साच्चीकै देशलाई अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरे। ‘हामीलाई धेरै पार्टी चाहिएको होइन। हामीलाई चाहिएको देशलाई अगाडि बढाउन पार्टी चाहिन्छ,’ उनले भने, ‘त्यस विषयमा यो पार्टीले सकारात्मक भूमिमा खेल्नेछ।’ पार्टी घोषणा कार्यक्रममा भट्टराईलाई शुभकामना दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु, कूटनीतिक नियोगका प्रतिनिधि तथा भारतका राजनीतिक दलका प्रतिनिधिहरु समेत रंगशाला पुगेका छन् । घोषणासभामा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरालगायतका नेताहरुले शुभकामना दिइसकेका छन् । शुभकामना मन्तब्य दिदै माओवादी केन्द्रका नेता महराले आर्थिक विकासको नारा ठीक भएको बताए । त्यस्तै कांग्रेस सभापति देउवाले नयाँ शक्तिले आर्थिक विकासलाई जोड दिएको भन्दै प्रशंशा गरे ।

KP Sharma Oli Nayashakti

विशेष