बन्नेभयो राष्ट्रिय परिचयपत्र
जेठ ३१, काठमाडौं । गृहमन्त्रालयले प्रक्रिया अघि बढाएको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र बन्ने भएको छ । जसको जिम्मा फ्रान्सेली कम्पनी मोर्फोलाई दिइएको छ । गृह मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमा सहभागी ६ कम्पनीमध्ये सबैभन्दा कम बोलकबोल गर्ने मोर्फोलाई प्रक्रिया थाल्न राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले स्विकृति दिएको आजको छ । पाँच वर्षभित्र सबै नेपालीका हातमा स्मार्ट कार्ड र्पुयाउने योजनासहित करिब ८५ करोड रुपैयाँबराबरको ठेक्का मोर्फोलाई दिइएको जनाइएको छ । गृहले आइतबार स्मार्ट कार्ड मोर्फो कम्पनीलाई दिने अन्तिम निर्णय गरेको हो ।
कारोबार दैनिक
National ID card