News

विगतको ८ महिनामा कतिले लिए वैवाहिक अंगीकृत नागरिकता ?

विगतको ८ महिनामा कतिले लिए वैवाहिक अंगीकृत नागरिकता ?

nepali-citizenshipकाठमाडौँ, ३१ जेठ । नयाँ संविधान जारीपछिको आठ महिनामा नेपालीसँग बिहे गरेका ४ हजार ५ सय ६३ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । उनीहरुले तराई मधेसका २० जिल्लाबाट नेपाली नागरिकता पाएका हुन् । नागरिकता तथा राष्ट्रिय परिचय व्यवस्थापन शाखा हेर्ने गृह मन्त्रालयका सहसचिव विनोद केसीका अनुसार गएको वैशाखमा मात्र यी २० जिल्लाबाट ८ सय ९१ जनाले बैबाहिक अंगीकृत नागरिकता लिएका छन् । बैबाहिक अंगीकृत लिनेमा अधिकांश नेपाली पुरुषसँग विवाह गरेका भारतीय चेली रहेको जानकारी तराई मधेसका जिल्ला प्रशासकहरुले दिए । असोज ३ मा संविधान जारी भएपछि तराई मधेसका जिल्लामा हरेक महिना अंगीकृत नागरिकता लिनको संख्या बढ्दै गएको छ । कान्तिपुर दैनिक

Nepali Nagarikta

विशेष