News

सुन तस्कर पक्राउ

सुन तस्कर पक्राउ

Gold काठमाडौं, जेठ ३१ । तातोपानी नाका बन्द भएपछि सुन तस्करीमा रसुवागढी नाका प्रयोग हुन थालेको छ । ६ किलो सुनसहित आइतबार रसुवाका काङटाङ तामाङ पक्राउ परेका छन् । कपडाको पेटी बनाएर शरीरमा बाँधेको अवस्थामा तामाङको साथबाट सुनका ६ वटा विस्कुट प्रहरीले बरामद गरेको हो । बजारमा आइतबारको मूल्य अनुसार बरामद सुनलाई २ करोड ८७ लाख पर्छ । विनाशकारी भूकम्पपछि बन्द रसुवागढी भन्सार १५ मंसिरमा खुलेको थियो । नयाँ पत्रिका

gold

विशेष