News

कक्षा ११ मा भर्ना पाउन सबै बिषयमा डी प्लस ल्याउनै पर्ने

कक्षा ११ मा भर्ना पाउन सबै बिषयमा डी प्लस ल्याउनै पर्ने
Slc

३१ जेठ । एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ समान हुन्छ । सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ । अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुझव दिन गठित समितिले आइतबार उच्च माध्यामिक शिक्षा परिषदसमक्ष यस्तो सिफारिस गरेको छ ।

परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ । सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्रत्येक विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने सिफरिस गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए । गोरखापत्र दैनिक

SLC

विशेष