दैनिक ४ घण्टा अवरुद्ध नारायणगढ मुग्लिङ सडक असार १ बाट पूर्णरुपमा खुल्ने
जेठ ३१ । दैनिक ४ घण्टा अवरुद्ध हुंदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड असार १ गतेदेखि पुर्ण रुपमा सञ्चालनमा आउने भएको छ । सडक विस्तारको कार्य भैरहेको सो सडक खण्ड हाल दैनिक दिउसो ११ बजेदेखि ३ बजेसम्म बन्द हुने गरेको छ । सडक विस्तारको काम भैरहेकोले समय समयमा पहिरो जाने गरेकाले बाटो अवरुद्ध हुंदै आएको छ ।
Road Nepal